अनुसूची १
(क) फर्म दर्ताको निमित्त दिने दरखास्तको ढाँचा
श्रीमान् महा–निर्देशकज्यू,
उद्योग/वाणिज्य मन्त्रालय,
उद्योग/घरेलु तथा साना उद्योग/वाणिज्य विभाग,
काठमाण्डौं, नेपाल ।
महोदय,
हामीहरुले साझेदारी फर्म खोली तपसीलमा लेखिए बमोजिमको व्यवसाय चलाउन मञ्जूर गरेकोले मञ्जूरीको कागत समेत सामेल राखी निवेदन गर्न आएको छौं । लाग्ने सरकारी दस्तूर लिई तल लेखिएको नामको फर्म हामीहरुका नाममा दर्ता गरी पाऊँ । लेखिएको व्यहोरामा कुनै कुरा झुटा ठहरे कानूनबमोजिम सहुँला बुझाउँला ।
तपसील
१. हिस्साको अंक
२. साझेदारहरुको तीन पुस्ता नाम, थर र वतन ।
साक्षी
दरखास्तवालाको माथि लेखिए बमोजिमको
नाम, थर, वतन ठीक दुरुस्त छ भनी सनाखत गर्ने
भवदीय,
दरखास्तवालाको सहीछाप